२०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने संयोजक डा गुरुङकाे दावी
नेपालखोज
२०८२ वैशाख ६ गते १७:१९

काठमाडौं । राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले २०८२ साल जेठको १५ गते गणतन्त्रको अन्त्य हुने दावी गरेका छन् ।
शनिबार काठमाडौंमा आयोजिक पृथ्वीपथको आवश्यकता प्रवुद्ध वर्गको सोच बिषयक कार्यक्रममा गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरे । उनले भारतका ९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आउने र हिन्दुराष्ट्र स्थापीत हुन्छ भनिरहेको जिकिर गरे ।
उनले आफुहरुको अबको आन्दोलनका बारेमा छिटै जानकारी दिने बताए ।
सम्बन्धित
प्रतिक्रिया