लिङ्देनसहित सातैजना नेताहरु रिहा

सिंहदरबारमा प्रदर्शन गरेपछि पक्राउ परेका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुलाई प्रहरीले रिहा गरेको छ । सिंहदरबारबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भद्रकाली पुराइएका लिङ्देनसहितका सातै जनालाई प्रहरीले आइतबार साँझ रिहा गरेको हो ।
प्रहरीको नियन्त्रणबाट रिहा भएपछि राप्रपा अध्यक्ष लिङ्देनले आइतबारको आन्दोलन सफल भएपनि जेका लागि आन्दोलन गरेको हो, त्यो पूर्ण हुन बाँकी रहेको प्रतिक्रिया दिए । उनले थप कार्यक्रम प्रकाशित गरेर आन्दोलन जारी राख्ने उल्लेख गर्नुभयो । उहाले राप्रपालाई साथदिनेहरुलाई धन्यवाद समेत दिए ।
त्यसअघि आफ्ना नेताहरुलाई प्रहरीले नियन्त्रणमा लिएपछि राप्रपाको आकस्मीक कार्यसम्पादन समितिको बैठक बसेको थियो । बैठकले शान्तिपूर्ण मान्यताबाट आफ्नो एजेण्डा स्थापीत गर्न केन्द्रीत हुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनले राप्रपामाथि राज्यले गरेको दमन अलोकतान्त्रीक भएकाले सरकारले आफ्नो शैलि सुधार गर्नुपर्नेमा बैठकले जोड दिएको उल्लेख गरे ।
आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै राप्रपा अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाही, राष्ट्रिय युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल लगाएतलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रतिक्रिया