शनिबार, वैशाख १३, २०८२

दानव नदिमा बेपत्ता २ बालकको शब सशस्त्रको गोताखोरले निकाल्यो

नेपालखोज २०८२ वैशाख ९ गते १२:३९

काठमाडौं । सोमबार रुपन्देही जिल्ला लुम्बिनी साँस्कृतिक नगरपालिका-२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएकामध्ये २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले मंगलबार बिहान निकालेको छ ।

सोही ठाउँ बस्ने वर्ष १३ को उमेश यादव र बर्ष १२ को मुनु हरीजनको शव फेला परेको हो । उनीहरुको खोजिको लागि राती नै सशस्त्र प्रहरी बल नेपालको गोताखोर परिचालन गरिएको थियो ।

सुरक्षा वेश लुम्बनीबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दिपक कोइराला र बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र निरीक्षक रामकुमार घिमिरेको कमाण्डमा खटिएको गोताखोरसहितको टोलीले मंगलबार बिहान बेपत्ता भएकै स्थानबाट २ बालकको शब फेला पारेको हो । बेपत्तामध्ये १४ बर्षका राज यादबको शब भने सोमबार साँझ फेला परेको थियो ।

प्रतिक्रिया