शुक्रबार, वैशाख १२, २०८२

दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि

नेपालखोज २०८२ वैशाख ९ गते २०:४१

काठमाडौं । अखिल नेपाल टेबलटेनिस सङ्घको आयोजनामा यहि वैशाख ११ गते ९बिहीबार० देखि दक्षिण एसियाली युथ टेबलटेनिस प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा नेपालसहित छ राष्ट्रका ८५ खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । सङ्घका महासचिव कुबेरप्रकाश सिंहले भुटानबाहेक सबै दक्षिण एसियाली राष्ट्रको सहभागिता रहने जानकारी दिए ।

यु–१९ र यु–१५ उमेर समूहमा टिम इभेन्ट, सिंगल्स, डबल्स र मिक्स डबल्समा गरी १४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसको छनोटका रूपमा रहेको टेबलटेनिसका मुख्य प्रशिक्षक मोहनदास बासुकलाले जानकारी दिए ।

उनका अनुसार यु–१९ को टोलीको स्पर्धामा पहिलो र दोश्रो हुने टोली एसियाली जुनियर टेबलटेनिसका लागि स्वतः छनोट हुनेछन् ।

यो उपलब्धि हासिल गर्न नसक्ने राष्ट्रको हकमा प्रत्येक राष्ट्रलाई यु–१५ उमेर समूहमा समान १र१ पुरुष, महिला खेलाडीलाई वाइल्ड कार्डमार्फत सहभागिताका लागि ‘कोटा’ प्रदान गरिने छ ।

एसियाली टेबलटेनिस युनियनको वार्षिक क्यालेन्डरअनुसार हुन लागेको चारदिने प्रतियोगिताका खेलहरू लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछन् । रासस

प्रतिक्रिया