शनिबार, वैशाख १३, २०८२

एमाले संसदीय दलको बैठक बस्दै, के छ एजेन्डा ?

नेपालखोज २०८२ वैशाख १३ गते ९:१२

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बस्दै छ । प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठक आज दिउँसो २ बजे बस्ने छ ।

बैठकमा शुक्रबारबाट सुरु भएको संसद्को बजेट अधिवेशनबारे छलफल हुने र अधिवेशनलाई कसरी सफल बनाउने भन्नेबारे छलफल हुने उनले जनाएका छन् ।

साथै बैठकमा शिक्षक आन्दोलनका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया