सरकार र शिक्षक महासङ्घका प्रतिनिधिबीच प्रारम्भीक चरणको वार्ता

काठमाडौं । सरकार र नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबीच प्रारम्भीक चरणको वार्ता भएको छ ।
शनिबार बिहान शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा शिक्षकहरुले आफुहरुको मागका बारेमा पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई जानकारी गराएका थिए । सरकारले पत्रमार्फत आह्वान गरेपनि महासंघ वार्ताका लागि महासंघका प्रतिनिधि वार्ताका लागि सिंहदरबार पुगेको थियो ।
वार्तापछि महासंघका अध्यक्ष अध्यक्ष लक्ष्मी किशोर सुवेदीले आन्दोलनका क्रममा आफुहरुले उठाएका मागका बिषयमा छलफल भएको जानकारी दिए । छलफल र वार्तालाई निरन्तरता दिने र निकास निकाल्ने उनले बताए ।
त्यस्तै नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले सरकारसंग छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको बताए । उनले शिक्षकले राखेका माग मुद्दामा मन्त्रालयले यथेस्ट जानकारी गराएपछि मात्रै निकाश आउने जिकिर गरे ।
प्रतिक्रिया