सोमबार, वैशाख १५, २०८२

पुटिनसँग फरक तरिकाले व्यवहार गर्नुपर्ने हुन सक्छ : ट्रम्पम्प

नेपालखोज २०८२ वैशाख १४ गते १०:२४

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका दिनमा युक्रेनका नागरिक क्षेत्रमा भएका रूसी आक्रमणप्रति चिन्ता व्यक्त गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिन सम्भवतः ‘युद्ध अन्त्य गर्न इच्छुक नहुन सक्ने’ बताएका छन् ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग रोममा सम्पन्न भेटपछी ‘ट्रुथ सोसल’ मार्फत व्यक्त विचारमा ट्रम्पले पुटिनसँग व्यवहार गर्ने तरिकामा फेरबदल हुन सक्ने सङ्केत पनि गरेका छन् ।

यसैबीच, क्रेमलिनले जनाएको अनुसार, रूसी राष्ट्रपति पुटिनले शुक्रबार मस्कोमा अमेरिकी प्रतिनिधि स्टिभ विटकोफसँगको भेटमा युक्रेनसँग बिना पूर्वशर्त वार्ता गर्न तयार रहेको बताए ।

प्रतिक्रिया