सोमबार, वैशाख १५, २०८२

आगामी वर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त : सभापति देउवा

नेपालखोज २०८२ वैशाख १५ गते १३:०१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी बर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस उद्योग तथा व्यापार बिभागले सोमबार काठमाडौंमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सभापति देउवाले मुलुकलाई आर्थिक रुपमा सक्षम बनाउनुपर्ने अहिलेको आवश्यकता रहेकाले आगामी बर्षको बजेटले आर्थिक क्षेत्रलाई चलायमान बनाउने विश्वास व्यक्त गरे ।

उनले मुलुकको आर्थिक बिकासमा सरकारका साथै निजि क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकाले आगामी बजेटमा निजि क्षेत्रले उठाएका मागहरु सम्बोधन हुने बताए । पछिल्लो समय डिजिटल अर्थतन्त्रले विश्वबजारमा ठूलो हिस्सा ओगटेकाले सरकार र निजि क्षेत्रले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

प्रतिक्रिया