सोमबार, वैशाख १५, २०८२

आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्छ : श्रममन्त्री भण्डारी

नेपालखोज २०८२ वैशाख १५ गते १७:४२

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले आवश्यकताको आधारमा ऐन कानून समय सापेक्ष परिवर्तन हुनुपर्ने बताएका छन् ।

सोमवार काठमाडौंमा अखिल नेपाल ट्रेड यूनियनद्धारा आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री भण्डारीले कुनै पनि ऐन कानुन, सेवा प्रदानका साथै सहुलियत र सहजताका लागि भएकाले समय सापेक्ष र आवश्यकताका आधार ऐन र कानुनहरु परिवर्तन हुनु पर्ने बताएका हुन् ।

अहिले श्रम ऐन संशोधन प्रकृयामा अगाडि बढेको जिकिर गर्दै उनले सरोकारवालाहरुको सहमतिमा बनाएका ऐन र कानूनहरु सबै पक्ष मिलेर अनिवार्य लागु गर्नु पर्नेमा जोड दिए । सरकार ऐन कानुन लागु गर्न तयार रहेको स्पष्ट पार्दै त्यसका लागि ट्रेड यूनियनहरु पनि एक ढिक्का भएर अगाडि बढनु पर्ने उनले बताए ।

प्रतिक्रिया