ला लिगाको नयाँ सिजनमा ग्रानाडाको विजयी सुरुवात
नेपालखोज
२०७७ भदौ २८ गते ८:३१
एजेन्सी । स्पानिस ला लिगाको नयाँ सिजनमा ग्रानाडाले विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा ग्रानडाले एथ्लेटिक विलवाओलाई २-० ले पराजित गरेको हो ।
घरेलु मैदामा भएको खेलमा ग्रानडाले दुबै गोल दोस्रो हाफमा चार मिनेट अन्तरमा गरेको हो । ४९औं मिनेटमा याङ्गेल हेरेराले गोल गर्दै ग्रानाडालाई अग्रता दिलाएका थिए । यस्तै ५३औं मिनटमा लुइस मिल्लाले ग्रानाडाका लागि दोस्रो गोल गरे । जितपछि ग्रानाडाले ३ अंक जोडेको छ ।
यस्तै त्यसअघि भएको खेलामा आइबर र सेल्टाभिगोले गोलहरित बराबरी खेल्दै अंक बाँडेका छन् । यस्तै गएराति भएको अर्को खेलमा ओसासुनाले काडिजलाई २-०ले पराजित गर्दै विजयी सुरुवात गरेको छ । एड्रिएन लोपेज र रुबेन गार्सियाले एक एक गोल गरे ।
सम्बन्धित
प्रतिक्रिया