सोमबार, वैशाख १५, २०८२

नेपाल बायुुसेवा निगमद्वारा नौ ठाउँमा उडान सुरु

नेपालखोज २०७७ असोज ७ गते १८:१६

काठमाडौं । नेपाल वायुसेवा निगमले आन्तरिक उडान अन्र्तगत ९ ठाउँमा आफ्नो नियमित सेवा प्रारम्भ गरेको छ । नियमित उडान सेवा थालिएका गन्तव्यमा भोजपुर, दाङ्ग, ताप्लेजुङ्ग, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु रहेको निगमले जानकारी दिएको छ ।

त्यसमध्ये काठमाडौंबाट सोझै उडानका साथै रुकुम–नेपालगंज, नेपालगंंज–जुम्ला, जुम्ला–नेपालगंज, नेपालगंज–रुकुम, नेपालगंज–बाजुरा र बाजुरा–नेपालगंजका लागि पनि उडान निर्धारण गरिएको निगमले जनाएको छ ।

यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको तीन दिन, कतै हप्ताको दुुई दिन उडान तालिका निर्धारण गरिएको र उडानका लागि सरकारद्वारा निर्धारित स्वास्थ्य सम्वन्धी मापदण्डलाई आधार मानिएको जानकारी समेत निगमले दिएको छ ।

 

प्रतिक्रिया