सामान निर्यात गरेवापतको भुक्तानीलाई आर्थिक चलखेल भन्नु गलत : व्यवसायी शेर्पा
काठमाडौं । नेपाल खोज पत्रकारिता केन्द्रले गत असोज ५ गते प्रकाशन गरेको समाचारमा फेल्ट एण्ड यार्न प्रालिको कारोबारलाई भ्रामक रूपमा समाचार प्रकाशन गरेको भन्दै सो कम्पनीले खण्डन गरेको छ ।
विज्ञप्तिमा कम्पनीले सामान निर्यात गरेबापत पाएको भुक्तानीलाई गलत रूपमा व्याख्या गरिएको आरोप लगाएको छ । कम्पनीकी सञ्चालिका सुनिता शेर्पाले फिनसेन फाइल्समा शंकाको घेरामा कसरी राखियो भन्ने थाहा नहुँदै नेपाली मिडियाहरूमा बिना सोधपुछ एकलौटी रूपमा अपराधीसरह सामाचार प्रकाशन प्रसारण गरेको गुनासो गरेकी छन् ।
‘हाम्रो कम्पनीको व्यापारिक मूल उद्देश्य नै स्वदेशी उत्पादन विदेशमा निर्यात गरेर डलर भित्र्याउने हो । हाम्रो ग्राहक नै अन्तर्राष्ट्रिय बजार हो । यो अवस्थामा हाम्रा ग्राहकले सामान किने बापत विदेशबाट बैंकमा पैसा पठाउने गर्छन्,’ उनले भनिन्, ‘त्यो हाम्रो मेहनतको कमाइ हो । तर, यहाँ हामीसँग विदेशबाट आएको रकमको वैधानिक कागजात हुँदाहुँदै एकलौटी रूपमा अवैधानिक रकम भित्र्याएको आरोप लगाइएको छ ।’
केन्द्रले सम्पूर्ण तथ्य नबुझी अपराधीजस्तो गरी भ्रमपूर्ण सामाचार प्रकाशन गरेर कम्पनीलाई बिनाकारण धराशयी बनाउन खोजेको शेर्पाको भनाइ छ ।
समाचारमा आएका बैंकका विवरणबारे सोधिएको भए वैधानिक कागजात देखाउन सक्ने स्थितिमा रहेका केन्द्रले जानकारी पनि नदिई विभिन्न सञ्चारमाध्यममा भ्रमपूर्ण सामाचार प्रकाशन प्रसारण गरेको छ ।’
सञ्चालक शेर्पाले केन्द्रले तयार पारेका सामाचारमा ‘फेल्ट एण्ड यार्न प्रालि’को कसुरको सम्पूर्ण आधारहरू पनि सार्वजनिक गर्न आग्रह गरेकी छन् । केन्द्रले सामाचारको सत्य हुनुको प्रमाण पेस नगरेको खण्डमा भने कानुनी लडाइँ लड्ने उनले चेतावनी दिइन् ।
गत ५ असोजमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट ९आईसीआईजे० ले फेला पारेको फिनसेनको रिपोर्टका आधारमा नेपालको खोज पत्रकारिता केन्द्रको नाममा फेल्ट एण्ड यार्न प्रालिले आर्थिक चलखेल गरेर अवैधानिक रकम भित्र्याएर आर्थिक चलखेल गरेको भन्दै तयार रिपोर्ट विभिन्न मिडियामा प्रकाशित भएका थिए ।
प्रतिक्रिया