आइसिसी महिला एकदिवसीय विश्वकप खेल तालिका सार्वजनिक

एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले २०२२ वुमन्स वन डे वर्ल्डकप तालिका सार्वजनिक गरेको छ। २०२२ मार्च ४ देखि अप्रिल ३ सम्म हुने महिला एकदिवसीय विश्वकपममा ८ टोली सहभागी हुनेछन्।
न्युजिल्यान्डमा हुने विश्वकपअन्तर्गत ३१ दिनमा ३१ खेल खेलिनेछ। पहिलो खेल मार्च ४ मा पाहुना टोली र क्वालिफायर टिमबीच खेलिनेछ र फाइनल खेल अप्रिल ३ मा हुनेछ। विश्व च्याम्पियन इंग्ल्यान्ड मार्च ५ मा अष्ट्रेलियाविरुद्ध आफ्नो पहिलो खेल खेल्नेछ।
यस्तै २०१७ विश्वकपको रनरअप भारतले मार्च ६ मा क्वालिफायर टिमसँग खेल्नेछ। २०२२ एकदिवसीय विश्वकपका लागि ३ टिम क्वालिफाइङ राउन्डबाट चुनिनेछ। क्वालिफायर आगामी जुन २६ देखि जुलाई १० सम्म श्रीलंकामा हुनेछ।
२०२१ को फेब्रुअरीदेखि मार्चमा हुनुपर्ने विश्वकप कोरोना महामारीका कारण २०२२ सम्म लागि स्थगित गरिएको छ। २०२२ को महिला विश्वकपका अलावा इंग्ल्यान्डमा हुने कमनवेल्थ गेम्समा महिला क्रिकेटलाई सहभागी गराइएको छ।
प्रतिक्रिया