क्रिकेटमा फाइनलमा पुग्ने नेपालको सपना अधुरै, बंगलादेशसँग ४४ रनले पराजित
नेपालखोज
२०७६ मंसिर २१ गते १४:४४
२१ मंसिर, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा फाइनल पुग्ने नेपालको सपना अधुरै रहेको छ ।
शनिबार कीर्तिपुरस्थित टियू मैदानमा बंगलादेशसँग ४४ रनले पराजित हुँदा फाइनल पुग्ने नेपालको सपना पूरा हुन सकेन ।
बंगलादेशले दिएको १५६ रनको लक्ष्य पछ्यएको नेपाल २० ओभरमा ९ विकेटको क्षतिमा १११ रनमा अलआउट भयो । स्वर्णका लागि बंगलादेश र श्रीलंकाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया