शीर्ष स्थानको लिभरपुलसँग म्यानचेस्टर युनाइटेडले गर्यो अंक बराबरी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा विजयी भएसँगै म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको लिभरपुलसँग अंक बराबरी बनाएको छ । शुक्रबार रातिको खेलमा युनाइटेडले एस्टन भिल्लालाई २–१ ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जिताउन पहिलो गोल खेलको ४० औं मिनेटमा एन्थोनी मार्सलले गरे । पहिलो हाफमा १–० ले अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा अर्को गोल गरेको हो ।
दोस्रो हाफको सुरुवातमै एस्टन भिल्लाका लागि ५८ औं मिनेटमा बेट्रान्ड ट्राओरीले गोल गर्दै खेल बराबरीमा फर्काए । ट्राओरीले खेल बराबरीमा फर्काएको दुई मिनेटमै युनाइटेडले थप अर्को गोल गरेको हो ।
खेलको ६१ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको अवसरलाई ब्रुनो फेर्नान्डेसले गोलमा परिणत गरेका थिए ।
यो जितसँगै दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडले पहिलो स्थानको लिभरपुलसँग बराबरी अंक बनाउन सफल भएको हो । पहिलो र दोस्रो स्थानमा रहेका दुवै टिमले १६–१६ खेलबाट ३३ अंक बनाएका छन् ।
प्रतिक्रिया