बेइजिङमा नागरिकलाई बाहिर ननिस्कन दबाब
नेपालखोज
२०७७ फागुन ३ गते ११:२९

बेइजिङ । चीनमा कोरोना भाइरसका नयाँ सङ्क्रमतिहरु प्रत्येक दिन जसो भेटिन थालेका छन् । त्यसका कारण यहाँका अधिकारीहरुले बेइजिङ सहरमा बाहिर ननिस्कन भनेका छन् । बेइजिङ सहरका अधिकारीले चीनमा हाल मनाइने स्प्रिङ फेस्टिभलको बिदा मनाउन एकै पटक ठूलो संख्यामा बाहिर ननिस्किन नागरिकहरुलाई आग्रह गरेका हुन् ।
हाल चीन सरकारले यहाँ उक्त पर्वका लागि विदा दिएको छ । यस समयमा सरकारी कार्यालयहरु पनि विदा हुने भएकोले ठूलो संख्याका मानिसहरु यो पर्व मनाउन जम्मा हुने गरेका छन् । यो पर्वमा चीनमा विदेश गएका नागरिक पनि घर फर्किने र ठूलो संख्यामा विभिन्न स्थानमा परिवारका साथमा गएर विदा मनाउने गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया