बिहीबार, असार १९, २०८२

इन्टर मिलान लाजियोमाथि हाबी

नेपालखोज २०७७ फागुन ३ गते १४:०२


इटालियन सिरि ए अन्तर्गत गएराति सम्पन्न खेलमा इन्टर मिलानले लाजियोलाई हरायो।

सन् सिरो स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली मिलानले लाजियोलाई ३ १ गोलले हराएको हो।

सो खेलमा मिलान एकतर्फी रुपमा लाजियो माथि हाबी रह्यो ।

इन्टरको जितमा रोमेलु लुकाकुले दुई गोल गरेका थिए ।

अर्का खेलाडी लौटरो मार्टिनेजले भने एक गोल गरे। यसरी मिलानको खातामा तीन गोल हुन आएको हो ।

प्रतिक्रिया