सोमबार, वैशाख १५, २०८२

अमेरिकाबाट ‘कान्छीको सम्झनामा’ सार्वजनिक

नेपालखोज २०७७ फागुन ३ गते २२:१६

काठमाडौं । अमेरिकामा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका युवा गायक प्रविन राजथलाले आफ्नो डेब्यु गीत ’कान्छीको सम्झनामा’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।

विदेशमा रहेर स्वदेशमा रहेकी आफ्नी प्रियसीलाई समर्पित गर्दै लेखिएको यस गीतमा स्वयंम गायक प्रविन राजथलाको शब्द, संगीत रहेको छ । यस गीतलाई जोयस गुरुङले संगीत संयोजन गरेका हुन् ।

राजधानीको बसन्तपुर र अन्य रमणिय ठाउमा छायांकन गरिएको यस भिडियोमा एलिस राई र गीता ढुंगाना बीचको प्रेम अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ । भुपेन्द्र तुम्बाहाम्फेले छायांकन गरेको यस भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् ।

एलिजा महर्जन निर्मात्री रहेको यस भिडियोलाई सत्यराज चौलागाईको निर्देशनमा तयार पारिएको हो । गायक राजथलाको आधिकारिक च्यानल पीआर म्युजिक मार्फत भिडियो सार्वजनिक भएको हो

भिडियो लिंक

प्रतिक्रिया