सोमबार आठ अर्ब बराबरको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक
नेपालखोज
२०७७ फागुन १६ गते १३:१८

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि सोमबार आठ अर्ब १३ करोड रुपैयाँको बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार सो दिन अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
जारी मिती फागुुन १८ गते तोकिएको टे«जरी खरिदको लागि बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले भाग लिन पाउने छन् । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको पाँच अर्ब र ९१ दिने अवधिको तीन अर्ब १३ करोड रुपैयाँको रहेको छ । सो मध्ये २८ दिने अवधिको परिपक्व हुने मिती २०७७ चैत्र १७ गते र ९१ दिने अवधिको ट्रेजरीको परिपक्व हुने अवधि बिसं २०७८ जेठ १८ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही फागुुन १० गते पनि राष्ट्र बैंकले दुई अर्ब २३ करोड ३२ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया