आइतबार, वैशाख १४, २०८२

मास्टर सेफलाई पर्यटन बोर्डले गर्यो सम्मान

नेपालखोज २०७७ फागुन १८ गते १७:२२

काठमाडौं । नेपाल पर्यटन बोर्डले मास्टर सेफ सन्तोष शाहलाई सम्मान गरेको छ । उनले बिबिसी मास्टर सेफ प्रयोतियोगितामा सहभागी भइ फाइनलमा पुगि नेपालको सान उँचो राख्न ठुलो योगदान दिएका थिए ।

मंगलबार पर्ययटन बोर्डले नेपालको पर्यटनमा खानाका मार्फत नेपाललाई चिनाएको भनि उनलाई सम्मान गरेको हो । कार्यक्रममा बोल्दै विभिन्न वक्ताहरुले मास्टर सेफ सन्तोषलाई धन्यवाद दिए । नेपालको पर्यटनमा खानाको महत्व पनि महत्वपूर्ण छ ।

कार्यक्रममा ठट्यौलो पारामा प्रस्तुत हुँदै सन्तोषले भने, ‘नेपालमा नयाँ नेपाल आइसकेछ । भान्सेको पनि यत्रो सम्मान हुँदो रहेछ । हामी सबै नेपालीले नेपाललाई विश्वमा चिनाउन हरेक क्षेत्रबाट सबै नेपालीले योगदान दिनुपर्छ ।’

उनले थप्दै अगाडी भने, ‘कुनै नेपालीलाई नेपाली खानको नाम भन भन्यो भने दाल, भात, तरकारी, मम, चाउमिन मात्र भन्छन् तर त्यसो नभएर नेवारी, थारु, तराईका विभिन्न जातजातिका खानाहरु, भोटका खानाहरु सबै नै नेपाली खाना भएकाले यसको प्रचारप्रसार गर्नु आवश्यक छ ।’

त्यस्तै उनले भने, ‘हामी नेपाली सबै कुरामा धनी छौं । धनी भइकन पनि हामीले आफूलाई प्रचार गर्न नजानेर हामी पछि परिरहेका हौं । नभए हामी धेरै माथि पुग्न सक्छौं ।’

प्रतिक्रिया