पदाधिकारी बैठक अघि पौडेलको कोइराला निवासमा छुट्टै भेला
नेपालखोज
२०७७ फागुन २८ गते १४:२४
काठमाडौं । पदाधिकारीको बैठक अघि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो छुट्टै भेला गरेका छन् । शुक्रबार दिउँसो पार्टी महामन्त्री डा. शशांक कोइराला निवास महाराजगञ्जमा पौडेल पक्षको छुट्टै भेला बसेको हो ।
वरिष्ठ नेता पौडेलले यो नियमित भेटघाट भएको बताए । प्रधानमन्त्रीको असंवैधानिक कदम जारी छ । त्यसलाई रोक्न सबै पक्षसँग कांग्रेस मिल्नुपर्छ भन्ने विषयमा कुराकानी भएको उनले बसताए ।
छलफलमा पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहलगायत सहभागी भएको बताइएको छ ।
यता आजै दिउँसो ३ बजे सभापति देउवाले पदाधिकारी बैठक डाँकेका छन् भने अपराह्न ४ बजे जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसँग छलफल गर्दै छन् । सत्ता साझेदारीका विषयमा जसपासँग सभापति देउवाले छलफल गर्न लागेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया