मंगलबार, वैशाख १८, २०८१

राष्ट्रपतिद्वारा क्रिसमसको शुभकामना, शान्त र समुन्नत नेपाल निर्माण गर्ने विश्वास

नेपालखोज २०७६ पुष ९ गते १०:१२

९ पुष, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ ।

क्रिश्चियनहरूको पर्व क्रिसमसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनु भएको हो । उहाँले क्रिसमसले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने कामना गर्नु भएको छ ।

नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम मुलुक भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण सबैको साझा दायित्व भएको पनि स्मरण गराउनु भएको छ ।

प्रतिक्रिया