चौबीस घण्टामा नेपालमा थपिए २९८ कोरोना संक्रमित, २ जनाको मृत्यु
नेपालखोज
२०७७ चैत २५ गते १८:४६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालमा २९८ कोरोना संक्रमित थपिएका छन् । बधुबार थपिएका संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७८ हजार ७६८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ हजार १ सय पीसीआर परीक्षण भएका छन् ।
२४ घण्टामा ७४ जना कोरोनामुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ५ सय २९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ३८ छ ।
सम्बन्धित
प्रतिक्रिया