सोमबार, वैशाख १५, २०८२

कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग

नेपालखोज २०७८ वैशाख ३० गते ९:५५


काठमाडौं । नेपाल प्रेस युनियन काठमाडौं शाखाले कोरोना सङ्क्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै युनियन काठमाडौं शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो ।

युनियनले बुधबार प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए ।

काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामाग्री वितरण गर्ने जनाएको छ । अध्यक्ष दुलालका अनुसार ५०० प्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ ।

गत वर्ष कोरोना सङ्क्रमणको बेलामा प्रेस युनियन काठमाडौं शाखाले काठमाडौंमा क्रियाशील ४०० भन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो ।

प्रतिक्रिया