सोमबार, वैशाख १५, २०८२

‘हाम्रो डक्टर एप्स’ मार्फत कोरोना परामर्श सेवा

नेपालखोज २०७८ वैशाख ३० गते १५:५३


काठमाडौं । हाम्रो डक्टर अनलाइनले ‘हाम्रो डक्टर मोबाइल एप्स’मार्फत निःशुल्क कोभिड परामर्श सेवा शुरु गरेको छ । मोबाइल एप्समार्फत चिकित्सकसँग सःशुल्क परामर्श सेवा सञ्चालन गरिरहेको सो अनलाइनले कोभिड अवधिभर प्रयोगकर्तालाई राहत दिने उद्देश्यले बुधबारदेखि निःशुल्क परामर्श सेवा शुरु गरेको हो ।

एप्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) उद्धवराज भेटुवालले गुगल र एप्पल स्टोरमा उपलब्ध मोबाइल एप्लिकेसनको परामर्श सेक्सनमा गएपछि आउने कोरोना कन्सल्टेसनमा प्रयोगकर्ताले बिनाशुल्क चिकित्सकसँग परामर्श गर्नसक्ने बताए ।

त्यस्तै हाम्रो डक्टरले इन्टरनेटको सुविधा नपुगेका ठाउँ र मानिसलाई लक्ष्य गरेर डाइरेक्ट हटलाइन सेवा पनि शुरु गरेको छ । चिकित्सकसँग कोरोनासम्बन्धी जानकारी र परामर्श लिनका लागि ९८०२३१५२२६, ९८०२३१५२२७ र ९८०२३१५२२८ नम्बरका तीनवटा हटलाइन नम्बर सार्वजनिक गरेको छ ।

उक्त नम्बरमा फोन गरेर डक्टरसँग परामर्श लिन सकिने सिइओ भेटुवालले बताए । सन् २०१६ देखि सञ्चालनमा आएको हाम्रो डक्टर एप्सबाट चिकित्सक, अस्पताल, एम्बुलेन्सलगायत सेवाग्राहीका बारेमा जानकारी लिनुका साथै विशेषज्ञ चिकित्सकसँग अनलाइन परामर्श, अस्पतालको टिकट खरिद, हेल्थ प्याकेज खरिदलगायत सेवा लिन सकिन्छ ।

प्रतिक्रिया