मंगलबार, वैशाख १६, २०८२

दिल्लीमा कोरोना संक्रमण दर घट्दै

नेपालखोज २०७८ जेठ १ गते १५:५६

काठमाडाैं । भारतको राजधानी नयाँ दिल्लीमा पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) बाट संक्रमण हुनेको संख्या घट्दै गएको छ ।

नयाँ दिल्लीमा पछिल्लो चौबीस घण्टामा ६४३० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ३३७ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा एघार हजार ५५२ जना निको भएर घर फर्किएका छन् । अहिले नयाँ दिल्लीमा सक्रिय संक्रमितको संख्या ६६ हजार २९५ जना रहेका छन् ।

प्रतिक्रिया