मंगलबार, वैशाख १६, २०८२

कोरोना संक्रमितमा आँखा बिगार्ने घातक कालो ढुसीको सङ्क्रमण देखा पर्न थाल्यो

नेपालखोज २०७८ जेठ ६ गते १८:१५

काठमाडाैं । कोभिड-१९ भएका बिरामीमा आँखा बिगार्ने म्यूकोर्माइकोसिस अर्थात् एक प्रकारको खतरनाक ढुसीको सङ्क्रमण नेपालमा पनि फाट्टफुट्ट देखा परेको स्वास्थ्य अधिकारीहरूले पुष्टि गरेकाे बीबीसीले जनाएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यस्ताे राेग नेपालमा पनि फाट्टफुट्ट देखिएको जनाएका छन् । उनले अहिलेसम्म नेपालमा तीन/चारवटा यस्ताे रिपोर्ट आएको छ ।

उनका अनुसार काठमाडाैं र सीमावर्ती सहर वीरगन्जका बिरामीमा याे समस्या देखिएको पुष्टि भएको छ।

भारतका विभिन्न सहरका कोभिड बिरामीमा त्यो विरल सङ्क्रमण देखिएको पाइएको र कतिपयले आँखा नै गुमाएको विवरण एक साताअघि आएको थियो।

प्रतिक्रिया