कोरोनाकाे संक्रमण पत्ता लगाउन प्रशिक्षित कुकुरकाे प्रयोगमा थप सफलता

भनिन्छ- कोरोना भाइरसबाट संक्रमित मानिसहरुकाे शरीरबाट एउटा अलग किसिमकाे गन्ध आउँछ जसलाई प्रशिक्षित कुकुरले राम्रोसँग ठम्याउन सक्छ । लण्डन स्कूल अफ हाइजीन एन्ड ट्रपिकल मेडिसीन (एलएसएचटीएम) काे ताजा अनुसन्धानमा उक्त कुरा उल्लेख छ ।
च्यारिटी मेडकल डिटेक्शन डग्स एन्ड टरहम यूनिभर्सिटीकाे सहयाेगमा गरिएकाे याे अनुसन्धानलाई आफैँमा पूर्ण अनुसन्धान भनिएको छ । जसमा कुकुरकाे प्रशिक्षण, गन्ध विश्लेषणसँगै यसकाे ब्यबहारिक प्रयोगसम्मलाई समावेश गरिएकाे छ। अनुसन्धानकर्ताहरुकाअनुसार विशेष किसीमले प्रशिक्षित कुकुरले ९२ प्रतिशतसम्म काेराेनाका बिरामी छाेटाे प्रकृयाबाट पत्ता लगाउन सक्छ ।
यसैसाता सार्वजनिक गरिएकाे अनुसन्धान निस्कर्शअनुसार प्रशिक्षित कुकुरहरु लक्षण बिनाका व्यक्तिकाे संक्रमण पत्ता लगाउनका साथ-साथै कोरोना भाइरसकाे प्रकार (स्ट्रेन) छुट्टाउन पनि सक्षम हुन्छन् । एलएचटीएमका रोग नियन्त्रण विभाग प्रमुख प्राध्यापक जेम्स लोगन भन्छन् – यसमा थप केही अध्ययनकाे आवश्यकता छ ।
भिन्न-भिन्न बाताबरणमा यी प्रशिक्षित कुकुरले एउटै निश्कर्श दिन सक्छन् कि सक्दैनन् ? यद्यपि जेम्स याे खोजलाई निकै उत्साहजनक मान्छन् किनभने याे बिधिकाे प्रयोगबाट मानिसहरुकाे ठुलाे समूहमा तिब्र गति एवं छाेटाे प्रकृयाबाट बिना लक्षणका संक्रमितसमेत पत्ता लगाउन सकिनेछ।
अनुसन्धानकर्ताहरुकाअनुसार पहिले उनीहरुले कुकुरलाई कोभिडकाे पहिचान गर्नसक्ने हिसाबले प्रशिक्षित गरे जसमा शरीरकाे गन्धको प्रयोग पनि गरियाे । यसक्रममा मानिसको मास्क, मोजा तथा शर्ट आदि सुँघाएर कुकुरलाई संक्रमित र संक्रमणमुक्त मानिस बीचकाे फरक छुट्टाउन पाेख्त बनाइएकाे थियाे ।
टेस्ट किटकाे तुलनामा कुकुर बढि प्रभावकारी
फ्रान्सको राष्ट्रीय पशु विध्यालय तथा पेरिसस्थित कोचिन हस्पीटलले यहि मार्च र अप्रिलकाेबीचमा गरेकाे एक अर्को परीक्षणअनुसार काेराेनाकाे जाँचमा टेस्ट किटकाे तुलनामा कुकुर बढि प्रभावकारि देखिएकाे छ । अनुसन्धानकर्ताहरुले काेराेना भाईरसकाे जाँचमा कुकुरलाई एयरपोर्ट, बजार, जुलुसलगायतका ठाउँका मानिसकाे भीडभाडमा प्रयाेग गर्न सकिने बताएका छन् ।
व्यापकस्तरमा भाइरस स्क्रीनिंङ गर्न त्यस्ता ठाउँमा कुकुर परिचालन गर्नु बढि उपयाेगि हुने उनीहरुकाे राय छ । कुकुरले सुँघेर गर्ने कोरोना टेस्ट सामान्यतया ७२ प्रतिशत सहि हुने फ्रान्सेली अनुसन्धानकर्ताहरुले बताएका छन् । यसैगरी लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितहरुकाे जाँचमा याे विधि ५८ प्रतिशत सफल भएकाे दाबी गरिएकाे छ । पेरिस अस्पतालकाअनुसार कोविड-१९ काे भाइरसलाई सुँघेर पत्ता लगाउने कुकुरकाे क्षमतालाई याे अनुसन्धानले पुस्टि गरेकाे छ ।
अनुसन्धानमा संम्लग्न विज्ञहरुले यसलाई पीसीआर जाँचको तुलनामा बढि प्रभावकारि बताएका छन् । यद्यपि अहिले नै कुकुरलाई पीसीआर टेस्टकाे बिकल्पका रुपमा प्रयोग भने गर्न सकिने छैन । तर याे बिधिलाई काेराेना जाँचका अन्य सामान्य बिधिकाे तुलनामा बढि बिश्वसनीय मानिएकाे छ । बिशेषज्ञहरुकाअनुसार कुकुरले एयरपोर्ट, रेल तथा बस स्टेशनका साथै म्यूजिकल कार्यक्रम आदिमा गर्नुपर्ने ठुलाे स्तरको जाँचलाई सरल तुल्याउने छन् ।
भनिन्छ-अनुसन्धानका क्रममा कुकुरले १०९ काेराना पाेजेटिभ मध्ये ९७ जनाकाे पहिचान गरेकाे थियाे । यसैगरी कुकुरले ९१ प्रतिशत काेराेना नेगेटिभहरुकाे पहिचान पनि सफलतापूर्वक गरेकाे बताईन्छ । यसअघि अस्ट्रेलिया, जर्मनी तथा बेलायतका बैज्ञानिकहरुले पनि कोभिडकाे जाँचमा कुकुरकाे प्रयोग सम्बन्धि केही अनुसन्धान गरेका थिए भने फिनल्यान्ड र संयुक्त अरब ईमिरेटमकाे एयरपोर्टमा कुकुरलाई काेराेना जाँचका लागि परिक्षण प्रयोगमा खटाइएको थियाे ।
प्रतिक्रिया