दिल्लीमा लगातार दोस्रो साता पनि कोरोना संक्रमित हजारभन्दा कम
नेपालखोज
२०७८ जेठ १६ गते १८:४८

दिल्ली । दिल्लीमा लगातार दोस्रो हप्ता पनि १ हजारभन्दा कम कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा त्यहाँ ९ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने ७८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । आज दिल्लीमा संक्रमणको प्रतिशत दर १. २५ प्रतिशत रहेको छ ।
शनिबार दिल्लीमा ९ सय ५६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका थिए । भने १ सय २२ जनाको कोरोनाका कारण मृत्यु भएको थियो । त्यस्तै उक्त समयमा २ हजार ३ सय ८० कोरोना संक्रमण मुक्त भएका थिए । दिल्लीमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय ३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
दिल्लीमा कुल संक्रमितको संख्या १४ लाख २५ हजार ५ सय ९२ पुगेको छ् । भने हाल १२ हजार १ सय जना कोरोनाका संक्रिय संक्रमित रहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया