बिहीबार, वैशाख १३, २०८१

यसरी टुटेको थियो अमिताभ र रेखाको प्रेम सम्बन्ध

नेपालखोज २०७६ पुष १ गते ७:५१

एजेन्सी । बलिउड उद्योगका रेखा र अमिताभको जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो । ‘रिल’मा मात्र होइन ‘रियल’मा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरैको थियो, तर अपसोच अमिताभले जयासँग सन् १९७३ मा बिहे गरि गरिसकेका थिए ।

जयासँग बिहे गरेका अमिताभको केहि वर्षमै रेखासँगको सम्बन्धले चर्चा पाउन थाल्यो । सन् १९७६ मा फिल्म ‘दो अनजाने’ को शुटिङमा नै रेखा र अमिताभ नजिकिएका थिए । रेखा–अमिताभको चर्चा जयाले पनि थाहा पाइन् । उनले एकदिन रेखालाई घरमा खाना खान निम्ता पठाइन् जसले अमिताभ–रेखाबीचको सबै सम्बन्ध एक क्षणमै सकाइ दियो ।

रिपोर्टको अनुसार एक दिन अमिताभ शुटिङको लागि मुम्बई भन्दा बाहिर गएका थिए । सोही मौका पारेर जयाले रेखालाई घरमा खाना खान निम्ता गरिन् । उनले रेखालाई फोन गरेकी थिइन् । जयाको फोन आएपछि रेखा निकै डराइन् । जयाले आफूलाई गाली नगरोस् भन्ने कामना गर्दै उनले फोन उठाइन् तर जयाले निकै आदरपूर्वक उनलाई खाना खान घर बोलाइन् ।

घर बोलाएर जयाले बेइज्जत गर्ने पो हुन् कि भन्ने दोधारकै बीचमा रेखा अमिताभको घर खाना खान गइन् । रेखालाई घर पुग्ने वित्तिकै जयाले भव्य स्वागत गरिन् साथै खुलेर कुराकानी पनि गरिन् । खाना खाइसके पछि बिदाई गर्दै गर्दा जयाले भनिन्न् ‘चाहे जे सुकै होस् तर म कहिल्यै अमितभलाई छोड्ँदिन् ।’ जयाको यो वाक्य सुनेर रेखालाई छाँगाबाट खसेजस्तै भयो । यो घटनापछि अमिताभले रेखासँग दुरी बढाए । फेरि अमिताभ र रेखाले कहिल्यै सँगै फिल्म खेलेनन् ।

प्रतिक्रिया