बिहीबार, वैशाख १३, २०८१

दीपिका अभिनित फिल्म ‘छपाक’ लाई दिल्लीमा प्रदर्शन गर्न रोक

नेपालखोज २०७६ पुष २७ गते १७:१८

एजेन्सी । जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा भएको हिंसात्मक हमलाविरूद्ध ऐक्यवद्धता जनाउँदै आएकी अभिनेत्री दीपिका पादुकोणको शुक्रबार रिलिज भएको फिल्म ‘छपाक’ दिल्लीमा प्रदर्शन गर्न रोक लगाइएको छ ।

केही समयअघि हालिएको एक उजुरीमा फैसला सुनाउँदै दिल्ली उच्च न्यायालयले फिल्म रिलिज भएको दुई दिनपछि प्रदर्शनमा रोक लगाएको हो ।

आदेशअनुसार फिल्म १५ जनवरीबाट मल्टिप्लेक्स, अनलाइन प्लेटफर्म र १७ जनवरीदेखि कुनै पनि ठाउँमा प्रदर्शन हुने छैन् । अधिवक्ता अपर्णा भट्टलाई फिल्ममा ‘क्रेडिट’ नदिएको भन्दै दिल्ली न्यायालयले प्रदर्शनमा रोक लगाउन आदेश दिएको हो ।

अपर्णा भट्ट तेजाब हमलाकी पीडित लक्ष्मी अग्रवालकी अधिवक्ता हुन् । फिल्म ‘छपाक’ लक्ष्मी र अन्य तेजाब पीडित महिलाहरूको जीवनबाट प्रेरित छ ।

प्रतिक्रिया