आज विश्व क्यान्सर दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
२१ माघ, काठमाडौँ । मंगलबार आज विश्व क्यान्सर दिवस, हरेक वर्ष फरवरी ४ मा मनाइने क्यान्सर दिवसका अवसरमा नेपालमा पनि विभिन्न जनचेतनामुलक कार्यक्रम गरिँदैछ ।
क्यान्सर सोसाइटी नेपालले काठमाडौँमा सचेतर्ना यालीको आयोजना गर्दैछ । बिहान ११ बजे तीनकुनेबाट माइतीघरसम्म सचेतर्ना याली निकालिने समाजका अध्यक्ष रामनाथ मैनालीले जानकारी दिएका छन् ।
यस वर्षको क्यान्सर दिवसको नारा ‘म हुँ र म गर्न सक्छु’ “I AM AND I WILL” रहेको छ । नेपालमा प्रत्येक वर्ष क्यान्सर रोगबाट हजारौँ मानिसले ज्यान गुमाउनु परिरहेको छ ।
यो रोगको उपचारका लागि नेपाल सरकारले केही राहतका कार्यक्रम ल्याए पनि त्यो पर्याप्त नरहेको समाजले जनाएको छ । समयमा पत्ता लागे यो रोग निको हुने कुरा प्रमाणित भइसकेको भए पनि अन्धविश्वासका कारण नेपाली समाज क्यान्सरसँग रुमल्लिरहेको र पीडा भोगिरहेको अध्यक्ष मैनालीले उल्लेख गरेका छन् ।
यो रोगले धनी, गरिब, जात, वर्ग, लिंग तथा उमेर नहेर्ने भएकाले यसको समाधानको विकल्प नरहेको उनले बताएका छन् ।
प्रतिक्रिया