भारतमा भएको बस दुर्घटना १० नेपाली घाइते
नेपालखोज
२०७६ माघ २३ गते १३:५१
काठमाडौँ। भारतको उत्तर प्रदेशमा बस दुर्घटना हुँदा १० जना नेपाली घाइते भएका छन् । भारतीय संचारमाध्यमका अनुसार भारतको सिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस बुधबार राति हरिद्वार हाइवेमा दुर्घटना भएको हो ।
हरिद्वार डिपोको बस बुधबार राति काठबाट अगाडि बढ्दै गर्दा ट्रकमा ठोक्किएको बताइएको छ। समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ ।
उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ । घाइतेहरूमा तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरा, बलबहादुर तुलकनी, नरेन्द्र ओली, वीरबहादुरलगायत रहेको बताइएको छ । उनीहरूको ठेगाना भने खुलाइएको छैन ।
सम्बन्धित
प्रतिक्रिया