भारतले नेपालीभूमि मिचेकोबारे तुरून्त कुटनीतिक तहमा हल गर्न भट्टराईको माग

नेपालखोज २०७७ वैशाख २७ गते १४:१४

काठमाण्डौं । भारतले विवादित भूमि लिपुलेक हुँदै चीनको मानवसरोवरसम्म पुग्ने सडक बनाएकोमा पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डाक्टर बाबुराम भट्टराईले विरोध गरेका छन् ।

डाक्टर भट्टराईले सामाजिक संजाल ट्विटरमा कालापानी र सुस्ता क्षेत्रबारे सीमा वार्तामा दुबै पक्षले टुंग्याउन बाँकी भनेर मान्दै आएको अवस्थामा भारतले एक पक्षीय रूपमा सडक निर्माण गर्नु गलत भएको बताएका छन् ।

नेपालमा सञ्चारमाध्यममा समाचार आएपछि वा चुनावको बेला मात्र तात्ने र अरू बेला कानमा तेल हालेर सुत्ने प्रचलन रहेको भन्दै डाक्टर भट्टराईले घटनाबारे तुरून्त कुटनीतिक तहमा हल गर्न माग गरेका छन् ।

प्रतिक्रिया