बिहीबार, वैशाख ६, २०८१

बलिउड अभिनेत्री शशिकलाको ९४ वर्षको उमेरमा निधन

नेपालखोज २०७७ चैत २२ गते १८:२५

मुम्बई । सन् ७० को दशकको चर्चित अभिनेत्री शशिकलाको आइतबार निधन भएको छ । ९४ वर्षीया अभिनेत्री शशिकलाले करिब सय बलिउड फिल्ममा काम गरेकी थिइन् । यद्यपि पछिल्लो दशकमा उनी बलिउडमा टाढिएकी थिइन् ।

उनको पूरा नाम शशिकला जावलर हो । उनी एक मराठी परिवारकी सदस्य हुन् । बलिउडमा अभिनयसँगै सुन्दरताले पनि लोकप्रियता कमाएकी यी अभिनेत्रीको जन्म ४ अगष्ट १९३४ मा भएको थियो ।

शशिकलाको जीवन निधै उतारचढावपूर्ण रह्यो । उनले फिल्ममा अभिनेत्रीसँगै नकारात्मक भूमिकामा आफूलाई प्रस्तुत गरिन् । अभिनेत्री बन्नुअघि उनले बाध्यताले विभिन्न व्यक्तिको घरमा सहयोगीको रुपमा काम गरेकी थिइन् ।

शशिकलाको पहिलो फिल्म ‘जीनत’ थियो, जसलाई नूर जहाँका पति शौकत रिजवीले बनाएका थिए । यो फिल्मका लागि उनले २५ रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् ।

फिल्ममा सफलता पाउदै गएपछि उनले अभिनेता केएल सहगलका आफन्त ओमप्रकाश सहगलसँग विवाह गरिन् । दुई छोरीलाई जन्म दिएपछि ओमप्रकाश र शशिकलाको झगडा भयो ।

फिल्मसँगै उनले टेलिभिजन अभिनयलाई पनि निरन्तरता दिएकी थिइन् । नउी प्रख्यात सिरियल ‘सोन परी’मा फ्रूटीको हजुरआमाको भूमिकामा देखिएकी थिइन् ।

प्रतिक्रिया