बिहीबार, वैशाख १३, २०८१

माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

नेपालखोज २०७७ जेठ १७ गते १४:२१

कैलाली । कैलालीको गौरीगङ्गा नगरपालिका–८ उदासीमा आज माटो खन्ने क्रममा ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । घर लिपपोतका लागि माटो खन्ने क्रममा माथिबाट खसेको ढिस्कोले पुरिएर गौरीगङ्गा–८ का १८ वर्षीय भुवन बोहराको मृत्यु भएको छ भने सोही ठाउँकी ४० वर्षीया दुर्गा मन्नी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

बोहराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको र घाइते मन्नीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

प्रतिक्रिया