शुक्रबार, वैशाख १२, २०८२

क्वारेन्टिनबाट फरार व्यक्ति पक्राउ

नेपालखोज २०७७ असार २ गते १३:३३

अर्घाखाँची । अर्घाखाँचीमा क्वारेन्टिनबाट फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकावाङका तीन स्थानमा रहेका क्वारेन्टिनबाट फरार भएका ३५ जनालाई सूचनाको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

गत जेठ २२ गते पिसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनिहरु एकाएक क्वारेन्टिबाट भागेका थिए ।

भारतबाट आएका उनीहरु बिगत २५ दिनदेखि क्वरेन्टिनमा बस्दै आएका थिए । क्वारेन्टिन क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारीएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

प्रतिक्रिया