बिहीबार, जेठ २, २०८२

कोरोनाबारे भ्रम छर्ने काम गरेको भन्दै मन्त्रालयद्वार चिन्ता व्यक्त

नेपालखोज २०७७ असार १३ गते १७:४३

काठमाडौँ । कोरोना भाइरसबाट जोगिन भन्दै शीर्ष नेताहरूले नै भ्रम छर्ने काम गरिरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ ।

नेकपाका नेताहरूले कोरोना भाइरस संक्रमण रोक्ने भन्दै भाइरस रिमुभिङ कार्ड भिरेर हिंडेकोप्रति मन्त्रालयले ध्यानाकर्षण भएको जनाउँदै जिम्मेवार व्यक्तिहरुबाट नै यस्तो गतिविधि हुनु दुःखद भएको बताए ।

आज आयोजित नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भाइरस रिमुभिङ कार्डले कोरोनाबाट नजोगाउने प्रष्ट्याउँदै उल्टो यसमा हुने रसायनले मुटु,फोक्सो र कलेजोमा गम्भीर समस्या ल्याउन सक्ने जानकारी दिए ।

व्यापारिक प्रयोजनबाट गरिएका यस्ता उत्पादनको भ्रममा परेर प्रतिष्ठित व्यक्तिहरूले नै घाँटीमा भिरेर हिंड्नु चिन्ताको विषय भएको प्रवक्ता गौतमको भनाइ छ ।

प्रवक्ता गौतमले यस्तो (कोरोनाको) समस्याका बेलामा कतिपयले लाभआर्जन गर्न यस्तो उत्पादनको उत्पादन र विक्री गरिरहेको प्रति सचेत रहन पनि सुझाब दिए ।

प्रतिक्रिया