सुशान्तसिंहकी प्रेमिका रियाविरुद्ध उजुरी
एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध उजुरी परेको छ । सुशान्त १४ जुनमा मुम्बईको बान्द्रास्थित आफ्नै निवासमा मृत फेला परेका थिए।
आत्महत्या गरेका बलिउड अभिनेता सुशान्तसिंह राजपूतका पिताले रिया चक्रवर्तीविरुद्ध उजुरी दिएका छन्। सुशान्तका पिता केके सिंहले पटनास्थित राजीवनगर प्रहरी चौकीमा रियाविरुद्ध उजुरी दिएका हुन्।
थाना प्रमुख योगेन्द्र रविदासले भारतीय सञ्चारमाध्यमलाई २५ जुलाईमा नै उजुरी दर्ता भएको बताएका छन् । उजुरीमा रियाले आत्महत्या गर्न बाध्य पारेको तथा पैसा माग्ने गरेको आरोप लगाइएको छ ।
उजुरीपछि पटना प्रहरीको एक टोली मुम्बई गएको छ। सुशान्तको आात्महत्यापछि मुम्बई प्रहरीले १०० जना भन्दा बढीसँग सोधपुछ गरेको छ।
केकेले रियाविरुद्ध सेक्सन ३०६ अनुसार आत्महत्याको लागि उक्साएको तथा ३४० र ३४२ अनुसार कारबाहीको माग गरिएको छ। यसअघि रियाले गृहमन्त्री अमित शाहलाई यो घटनाको छानविनका लागि सीबीआईलाई जिम्मा दिन अनुरोध गरेकी थिइन्।
प्रतिक्रिया