आइतबार, वैशाख १४, २०८२

सुशान्तको ट्विटर एकाउन्टबाट आलिया भट्टलाई फलो गरियो

नेपालखोज २०७७ साउन १५ गते १०:२४

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपुतको निधन भएको करिब २ महिना भइसकेको छ ।

उनको मृत्यु विषयमा विभिन्न समाचारहरु आउने क्रम भने अझै रोकिएको छैन् । यहीबीच उनकी प्रेमिका रिया चक्रवर्ती अहिले विवादको घेरामा तानिएकी छिन् ।

सुशान्तको निधन भएको ४४ दिनपछि उनका बाबुले रियाविरुद्ध मुद्धा दर्ता गराएका छन् । यसमा उनले रियाले सुशान्तलाई आत्महत्या गर्न बाध्य बनाएको उल्लेख गरेका छन् । यतिमात्र नभई सुशान्तका बाबु केकेले रियाले विस्तारै आफ्नो परिवारबाट सुशान्तलाई अलग गरेको पनि आरोप लगाएका छन् ।

अब फेरि यही विषयमा अर्को एक लफडा सुरु भएको छ । सुशान्तको निधनपछि उनको ट्विटरबाट आलिया भट्टलाई फलो गरिएको कुरा अहिले निकै चर्चामा आउन थालेको छ ।

एउटा स्क्रिनसट आएपछि कंगना रनौट पनि त्यसमा जोडिएकी छिन् । कंगना रनौटले त यस्तो काम रियाले गरेको हुनसक्ने बताएकी छिन् । उनले यसमा पनि सिबिआइ जाँचको माग गरेकी छिन् ।

प्रतिक्रिया