सोमबार, असार १६, २०८२

दुई साता लकडाउन गर्नुपर्ने विज्ञहरुकाे सुझावमा प्रधानमन्त्रीले जनाए सहमति

नेपालखोज २०७७ साउन २० गते १५:२२

काठमाडौं । विश्वमा नै फैलिएकाे काेराेना भाइरस पछिल्लाे दिनमा नेपालमा बढेसँगै विज्ञहरुले फेरि लकडाउन गर्न सुझाव दिएका छन् । स्वास्थ्यविज्ञ र विपक्ष नेताहरूबीच भएकाे छलफलमा दुई साता लकडाउन गरेर कोरोना राेकथाम तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्न विज्ञहरूले सुझाव दिएका छन् ।

विज्ञहरुले दुई साता लकडाउन गरेर कोरोना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न सरकार सुझावलाई दिए  । काग्रेसका नेता शेरबहादुर देउवाले काेराेना राेकथामकाे विषयमा छलफल भन्दा नि काम गरेर देखाउनु पर्ने बताए । देउवाले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र भ्रष्टाचार ढाकछोप होइन छानबिन र कार्वाही गर्न समेत आग्रह गरे ।

साे छलफलमा विज्ञहरूले लकडाउनकाे विषयमा दिएको सुझावप्रति प्रधानमन्त्रीले सकारात्मक रहेका जनाउँदै आफूले पाएको सुझावनुसार साेचेर निर्णय गर्न अवस्थामा पुगेकाे एक स्राेतले जानकारी दिएकाे छ । प्रधानमन्त्रीले आफ्नै पार्टीका नेताहरूकाे काम प्रति असन्तुष्टि रहेकाे भन्दै काेराेनाकाे महामारीले पैँदा गरेकाे याे संकटको घडीमा गैर जिम्मेवार ढंगले अमानविय व्यवहार नगर्न आग्रह गरेका छन् ।

काठमाडाैं उपत्यका तथा देशभर नि सरकारले लकडाउन खाेलेसँगै संक्रमितकाे संख्या बढेकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई विनाकाम हिडडुल नगर्न आग्रह गर्दै आएकाे छ ।

प्रतिक्रिया