बाँदर धपाउन कुकुरलाई बाघ बनाए किसानले
नेपालखोज
२०७७ साउन २८ गते ११:०३
एजेन्सी । बाँदरले लगाएको बालीनाली खाएर कृषकलाई हैरान बनाउँदछ । बाँदरको यस बदमासीबाट बच्न भारतका एक किसानले अनौठो उपाय अपनाएका छन् ।
बाँदरको बदबासीबाट आजित भएर भारतको कर्नाटकका एकजना किसानले बाँदर धपाउने अनौठो उपाय अपनाएका हुन् । ती किसानले बाँदरबाट आफ्नो बाली जोगाउनका लागि आफ्नो घरको कुकुरलाई बाघ बनाइदिएका छन् । उनले आफ्नो कुकुरलाई ठ्याक्कै बाघको जस्तै गरी रंग लगाइदिए । जसका कारण त्यो कुकुर ठ्याक्कै पाटेबाघ जस्तो देखिन थाल्यो ।
उनको यो जुत्तिले काम गर्यो । बाघ बनाइएको त्यो कुकुरबाट बाँदर तर्सिन थाले । कुकुरलाई साँच्चीकै बाघ ठानेपछि बाँदरहरु खेतको आसपास आउन समेत डराएका छन् ।
सम्बन्धित
प्रतिक्रिया