सोमबार, वैशाख १५, २०८२

पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ११ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ ११ गते १६:३१

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप १ हजार १ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २ सय ३४ महिला र ७ सय ७७ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ जना पुगेको छ ।

देशभर रहेका ४० वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १ सय ११ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५ सय ६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ ।

प्रतिक्रिया