अभिनेता सञ्जय दत्तलाई तेस्रो स्टेजको क्यान्सर
एजेन्सी । बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर (चरण ३) भएको छ । ६१ वर्षीय अभिनेता दत्तलाई फोक्सोको क्यान्सर भएको पुष्टि भएसँगै उनी उपचारका लागि अमेरिका प्रस्थान गरेका छन् ।
सञ्जयलाई फोक्सोको क्यान्सर भएको उनका एक घनिष्ट मित्रलाई उदृत गर्दै भारतीय संचार माध्यम दैनिक भास्करले समाचार लेखेको छ । शरीरमा अक्सिजनको गडबडी देखिएलगत्तै अगष्ट ८ मा सञ्जयलाई मुम्बइस्थित लिलावती अस्पतालमा भर्ना गरिएको थियो ।
उनलाई त्यसबेला सास फेर्न निकै सकस भएको थियो । उनको त्यसबेला कोरोना परीक्षण समेत गरिएको थियो । २ दिन लिलावती अस्पतालमा उपचार गरेर सोमबार उनी डिस्चार्ज भएका थिए । अभिनेता दत्तको परिवार भने ५ महिनादेखि लकाउनका कारण दुबईमा रहेका छन् ।
सञ्जयको परिवार पनि क्यान्सर पीडित परिवारका रुपमा चिनिन्छ । उनकी आमा नरगिसलाई पनि प्याङ्क्रियाजको क्यान्सर भएको थियो । उनकी आमाको क्यान्सरकै कारण सन् १९८१ म निधन भएको थियो ।
प्रतिक्रिया