शनिबार, वैशाख १५, २०८१

खजुर खानुका अनगिन्ती फाइदा

नेपालखोज २०७७ असोज १४ गते ५:०३

प्राचीनकालदेखि नै खजुरलाई बलवर्धक फल मानेर उपयोग हुँदै आएको छ । खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ ।

यसमा भिटामिन सी हुन्छ । जसले स्कीन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ ।

खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ । यसमा भिटामिन बी हुन्छ । जसले पिम्पल्स लगायतका समस्यालाई दूर गर्ने काम गर्छ ।

खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ ।

प्रतिक्रिया