हुवावेले अप्टिकल नेटवर्किङ सोलुसन अपग्रेड गर्दै

काठमाडौं । हुवावेले अपरेटरहरूलार्ई उत्तम व्यवसाय अवसरहरू सृजना गर्न अप्टिकल नेटवर्किङ २.० सोलुसन अपग्रेड गर्ने भएको छ । जसमा नयाँ गति, नयाँ साइट, नयाँ स्मार्ट ओ एण्ड एम, नयाँ स्किमा र नयाँ सेवाहरु जस्ता विशेषताहरु रहेको छ । यो सोलुसनले अपरेटरहरूलाई इनोभेटिभ सेवाहरू विकास गर्न र फस्टाउन मद्दत गर्नेछ ।
कोरोना महामारीले घरेलु नेटवर्कमा, मनोरञ्जनको स्रोतकोरूपमा सेवा गर्नेदेखि लिएर घरबाट काम गर्ने र सिकाउने तरिकामा चरम परिवर्तन देखिएको छ । यसको परिणामस्वरूप प्रयोगकर्ताको अनुभवको आवश्यकताहरू उच्च बनाउँदछ । यसको साथसाथै उद्यम डिजिटलाइजेशनले डिटर्मिनिस्टिक अनुभवका जरुरी आवश्यकता पनि निम्त्याएको छ ।
उत्कृष्ट र निश्चित प्रयोगकर्ता अनुभवको ग्यारेन्टी गर्न अप्टिकल नेटवर्क महत्वपूर्ण छ । २०१९ मा हुवावेले फाइभ–जी उन्मुख ओएन २.० सोलुसन जारी गरेको थियो । जसले तीन नयाँ प्रविधिहरू प्रस्तुत गर्दछ । नयाँ गति, नयाँ साइट, र नयाँ स्मार्ट ओ एण्ड एम, जसले एक अनुभव केन्द्रित सेवा प्रसारण नेटवर्क निर्माण गर्ने लक्ष्य राख्दछ ।
२०२० मा अल–अप्टिकल नेटवर्क उद्योगको विकासलाई बढावा दिन र अपरेटरहरूलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नको लागि अल–अप्टिकल मेट्रो आर्किटेक्चरहरू निर्माण गर्न हुवावेले आफ्नो ओएन २.० सोलुसन अपग्रेड गरेको छ ।
नयाँ गति : फाइबर क्षमता अधिक बढाएर इष्टतमप्रति बिट लागतप्राप्त गर्न सकिन्छ । हुवावेको ८०० जी अप्टिकल मोड्युलले २०० देखि ८०० गिगाबिट पर सेकेण्ड लाइन रेट र अद्वितीय च्यानल म्याच्टसेपिङ (सि एम एस) एल्गोरिदम प्रयोग गरी २० प्रतिशत थप लामो प्रसारण दूरी सपोर्ट गर्दछ । सुपर सी–बैन्ड सोलुसनले १२० च्यानलहरू प्रदान गर्दछ । सुपर सी प्लस एलको सहज विकासलाई समर्थन गर्दछ । यसको परिणाम स्वरूप हुवावेले विश्वव्यापी अपरेटरहरूलाई १२० भन्दा बढी २०० जी व्यावसायिक नेटवर्कहरू निर्माण गर्न मद्दत गरेको छ ।
नयाँ साइटहरू : साइटहरूको टिसिओलाई कम गर्न सरल बनाइएकोे छ । विद्युतीय तहमा हुवावेको लिक्विड ओटिएन सोलुसनले प्रति साइट लेटेन्सीलाई ७० प्रतिशतले घटाउँछ । ब्यान्डविथलाई २ एम हार्ड स्लाइसमा भाग लगाई १०० गुणा बढी कनेक्सनलाई सर्पोट गर्दछ । अप्टिकल लेयरमा हुवावेको नयाँ कम्प्याक्ट ओएक्ससी उत्पादन ओएसएन ढडण्ण् पि घद्द सी विभिन्न परिदृश्यहरुमा फिट गर्न पर्याप्त लचिलो छ ।
यसले आन्तरिक फाइबर जडानको आवश्यकतालाई हटाएर ओगटेको क्षेत्र ९० प्रतिशत र बिजुली खपत ६० प्रतिशतले घटाउदछ । हाल, करीब १००० ओएक्ससी उत्पादनहरू ६० भन्दा बढी ग्लोबल कमर्सियल नेटवर्कहरूमा तैनाथ गरेको छ ।
नयाँ स्मार्ट ओएण्डएम स् अल–अप्टिकल अटोनोमस ड्राइभिङ नेटवर्कले हुवावेको आइमास्टर एनसिई सरलीकृत ओएण्डएमको लागि उपयोग गर्दछ भने एएसओएन १.० सोलुसनले जुन बेला पनि सेवा ९९.९९९५ नेटवर्क उपलब्धताको साथ दिँदछ ।
हुवावेको आईमास्टर एनसीई हालसम्म इटाली, नेदरल्याण्ड्स, साउदी अरेबिया, थाइल्याण्ड, सिंगापुर, इन्डोनेसिया, फिलिपिन्स र दक्षिण कोरियाका अग्रणी अपरेटरहरूले १३० अप्टिकल नेटवर्कमा परिचालन गरिसकेको छ ।
नयाँ स्किमाः अप्टिकल नेटवर्कहरू स्थिर अल–अप्टिकल मेट्रो आर्किटेक्चरको निर्माणको लागि एजसम्म विस्तार गरिएको छ । महत्वपूर्ण कुरा ओटीएनलाई सिओ र सब सिओमा विस्तार गरेर वान–हपटु क्लाउड प्राप्त गर्नु, ब्यान्डविथ ग्यारेन्टी गर्नु, कमलाटेन्सी र उपलब्ध उच्च गर्नु, घर, कम्पनी, मोबाइल प्रयोगकर्ता र क्याम्पसहरुलाई सिधा जडान गर्नु हो । अल–अप्टिकल मेट्रोले अधिक प्रीमियम सेवाहरूको लागि एक ठोस आधार निर्माण गर्नेछ ।
नयाँ सेवाहरु : उच्च गुणवत्ता अप्टिकल जडानहरूबाट प्रीमियम सेवा अनुभव प्राप्त गर्न सकिन्छ । ओटिएन प्रीमियम निजी लाइन सोलुसनले फरक एसएलए सेवाहरू प्रदान गर्दछ । बैंडविड्थ अन डिमान्ड, कमलाटेन्सी, सर्ट टाईम टु मार्केट र उच्च उपलब्धता जस्ता सुविधा प्रदान गर्दछ ।
अहिलेसम्म, निजी लाइन सेवाहरूको लागि ७० भन्दा बढी अप्टिकल नेटवर्कहरू विश्वव्यापी रूपमा निर्माण गरि सकेको छ । यसैबीच, घरेलु प्रयोगकर्ताहरूको लागि उद्यम कोटिको प्रीमियम अनुभव दिलाउन हुवावेले ओटिएन प्रीमियम होम ब्रोडब्यान्ड सोलुसन पनि आरम्भ गरेको छ । यस सोलुसनले अल–अप्टिकल गोल्ड पाइपव्दारा डिटर्मिनिस्टिक घरेलु सेवा अनुभव प्रदान गर्दछ र साथै घरेलु उपयोगकर्ताको एआरपीयू बढाउदछ ।
अप्टिकल नेटवर्कहरूले छजी, होम ब्रोडब्यान्ड, निजीलाइन र क्लाउडमा महत्वपूर्ण भूमिका खेल्नु पर्दछ । अल–अप्टिकल शहरको लागि एन्ड टू एन्ड टार्गेट नेटवर्कनै सबै प्रीमियम सेवाहरु प्रदान गर्नेआधार हो, त्यसैले आउनुहोस् अप्टिकल नेटवर्क उद्योगको अर्को सुनौलो दशक अँगाल्नको लागि संगै काम गरौं, हुवावेको प्रसारण र एक्सेस नेटवर्क प्रोडक्ट लाईनका अध्यक्ष रिचर्ड जिनले भने ।
प्रतिक्रिया