शनिबार, वैशाख २२, २०८१

अभिनेत्री ज्याकलिन हलिउडमा डेब्यु गर्दै

नेपालखोज २०७७ माघ १४ गते ११:०७

एजेन्सी । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिसले फिल्म ‘वुमेन्स स्टोरीज’ बाट हलिउडमा डेब्यू गर्दैछिन् । ६ हिस्सामा बाँडिएको फिल्मको निर्देशन विश्वभरका अलग अलग निर्देशकले निर्देशन गर्नेछन् ।

फिल्ममा महिला कलाकारको मात्र अभिनय रहनेछ । ज्याकलिनको हिस्सा बलिउड निर्देशक लीना यादवले निर्देशन गर्दैछिन् । उनले ‘पार्च्ड, शब्द र तीन पत्ती’ फिल्मको निर्देशन गरिसकेकी छन् ।

लर्वोलिनो इन्टरटेन्मेन्टको प्रोडक्शन र नन प्रफिट प्रोडक्शन कम्पनी ‘वि डू इज टुगेदर’ ले बनाउने फिल्ममा मरिया सोल टोन्गान्जी, लुसिया पुएन्जो र क्याथरीन हार्डविकले एकसाथ काम गर्दैछन् । फिल्ममा महिलाको जिन्दगीका अनेक पक्ष देखाइनेछ ।

फिल्ममा कारा डेलेविन्ज, ईवा लोन्गोरिया, मार्गरिटा बाय, मारिका गे हार्डेन र लीवनर वारेलाको पनि मुख्य भूमिका रहनेछ ।

प्रतिक्रिया