ओली समूहले बोलाएको संसदीय दलको बैठकमा नेपाल समूहको सहभागिता अनिश्चित
नेपालखोज
२०७७ चैत १२ गते १४:१९

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् ।
शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको एक नेताले जानकारी दिए । समसामयिक विषयमा छलफल गर्ने गरी बैठक बोलाइएको उनले बताए ।
यसअघि बसेका संसदीय दलको बैठकमा झलनाथ खनाल-माधव नेपालपक्षीय सांसदहरू उपस्थित भएका थिएनन् ।
भोलिको बैठकमा खनाल-नेपाल पक्ष सहभागी हुने कि नहुने भन्ने कुरा यो समाचार तयार पारुन्जेलसम्म यकिन भइसकेको छैन ।
सम्बन्धित

प्रतिक्रिया