मंगलबार, वैशाख ३०, २०८२

श्रीलंकालाई हराउँदै एकदिवसीय सिरिज बंगलादेशले जित्याे

नेपालखोज २०७८ जेठ १२ गते ११:२९

काठमाडाैं । श्रीलंकालाई एक खेल अगावै हराउँदै बंगलादेशले तीन खेलको एक दिवसीय सिरिज जितेको छ । जितसँगै बंगलादेशले ३ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

ढाकामा मंगलबार भएको दोस्रो खेलमा श्रीलंकालाई डीएल पद्धतिमा १ सय ३ रनले हराउँदै बंगलादेशले एक खेल अगाबै सिरिज कब्जा गरेको हो ।

बंगलादेशले दिएको २ सय ४७ रनको लक्ष्यसहित श्रीलंकाले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित भएपछि डीएल पद्धतीमा  श्रीलंकाले ४० ओभरमा २ सय ४५ रनको नयाँ लक्ष्य पायो । तर, श्रीलंकाले ४० ओभरमा ९ विकेट गुमाएर १ सय ४१ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया