बिहीबार, वैशाख २७, २०८१

‘रोचक छ ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालको सुरुवात’

नेपालखोज २०७८ जेठ १४ गते १४:१७

नेपालमै अन्तर्राष्ट्रियस्तरको उपचार गर्न सकियोस् भन्ने उदेश्यले सन् २०१३ को जनवरी ८ मा यसको सुरुवात गरिएको हो । हालसम्म आइपुग्दा यो अस्पतालले आफ्नो स्थापनाको ९ वर्ष बिताइसकेको छ । एउटै छानामुनि सबै किसिमका उपचार सम्भव भएको यो अस्पतालमा अहिले १७२ जना डाक्टर कार्यरत छन् ।

पब्लिक लिमिटेड कम्पनीका रुपमा रहेको यो अस्पतालमा १२६ जना सेयर होल्डर छन् । यसको प्रमुख उद्देश्य नेपालबाट बर्सेनि उपचारका लागि अन्य देशमा जाने बिरामीहरुलाई यहीँ उपचार गराउने र नेपाली मुद्रा विदेशिनबाट रोक्ने हो । त्यसैगरी उपचारबाटै विदेशीहरुको रकम भित्राउने पनि यसको लक्ष्य हो । जसअनुसार केही विदेशी नागरिकले पनि उपचार गरिसकेका छन् ।

अस्पतालको थिम
ग्रान्डीको मेन थिम उपचारको लागि एकदमै केयर गर्नुपर्छ भन्ने रहेको निर्देशक विकास सिंह बताउँछन् । कुनै पनि बिरामीलाई म अस्पतालमा उपचार गराइरहेको छु भन्ने अनुभव नहोस् भन्ने गरी सेवा दिने गरी आफूहरुले काम गरिरहेको उनको दाबी छ । त्यति मात्र होेइन बिरामी भएर अस्पताल आउन नपरोस् भन्ने मान्यता पनि यो अस्पतालको छ ।

कुन–कुन उपचार सम्भव छ
यहाँ सबै किसिमका उपचारहरु गरिन्छ । मुख्यतया मिर्गौला प्रत्यारोपणदेखि अन्य सबै किसीमका उपचारहरु हुने बताइएको छ । जहाँ अहिलेसम्म ७३ वटा मिर्गौला प्रत्यारोपण गरिएको छ, जुन सबै सफल छ । अस्पतालले सरकारसँग नि:शुल्क मिर्गौला प्रत्यारोपणका लागि निवेदन दिएको छ । त्यो माग पूरा भए नि:शुल्क मिर्गौला प्रत्यारोपण गर्न सकिनेछ । त्यसैगरी हाल नेपाल सरकारसँगको सहकार्यमा नि:शुल्क डायलासिस पनि भइरहेको छ । (यद्यपि कतिपयले पैसा तिरेरै भए पनि डायलिसिस गर्ने गरेका छन्) यो अस्पताल चाँडै कलेजो प्रत्यारोपण पनि सुरु गर्ने तयारीमा छ । नेपालमा कोभिड १९ संक्रमितको सफल उपचार गर्ने पहिलो निजी अस्पताल भएको दाबी छ ।

‘हामीकहाँ बिरामी भर्ना गरिदिए हुन्छ, अरु कुनै काम पनि बिरामीको आफन्तले गर्नुपर्दैन,’ उनले भनेका छन्. ‘रेडक्रसपछिको नेपालको पहिलो प्राइभेट ब्लड बैंक हो । अरु अस्पतालहरुमा पनि रगत र प्लाज्माहरु पठाउने गरेका छौं ।’

ग्रान्डी सर्वसाधरणको पनि हो
ग्रान्डी हुनेखानेको मात्र हो भन्ने सोच हामीले हटाउन चाहेका छौं । त्यसका लागि सर्वसाधरणको लागि पनि हो भन्ने पार्नका लागि गरिबहरुका लागि छुट्टै व्यवस्था गर्ने गरेका छौं ।

१५/१६ सयको बेड पनि छ, ३५ हजारको पनि छ, कहाँ बसेर उपचार गर्ने भन्ने बिरामी आफैंले निर्णय गर्ने हो । सेवामा कुनै पनि तलमाथि छैन ।

नाफामूलक होइन सेवामुखी भएर काम गरिरहेका छौ । हामी सातै प्रदेशमा लैजान खोजेका छौं । १० वर्षसम्म पनि लगानीकर्तालाई एक पैसा पनि दिन सकिरहेका छैनौं ।

सरकारसँगको अपेक्षा
कोभिड १९ को महामारीका बेला अक्सिजनलगायतका स्वास्थ्य सामग्रीको हाहाकार र मूल्यवृद्धिले संक्रमितले उपचार पाउनबाट वञ्चित भइरहेका छन् । त्यसको व्यवस्थापन गरिदियोस् ।

ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका जीएम विकास सिंहसँग गरिएको कुराकानीमा आधारित

प्रतिक्रिया